मंगलवार, १७ असार, २०८२

विश्वकप छनोटमा नेपालको पहिलो जित ,नेपालले अमेरिकालाई ६ विकेटले हरायो।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ५ असार, २०८०

विश्वकप छनोटमा नेपालको  पहिलो जित ,नेपालले अमेरिकालाई  ६  विकेटले हरायो।

काठमाडौँ।  नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्वकप छनोटको दोस्रो खेलमा अमेरिकाविरुद्ध ६ विकेटको शानदार जित हासिल गरेको छ ।

जिम्बावेको हिरारेस्थित ताकसिङ्गा स्पोर्टस क्लबमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले ४९ ओभरको समाप्तिमा अलआउट हुँदै दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरको समाप्तिमा ४ विकेट गुमाएर पुरा गर्दै २ सय ११ रन बनायो ।

नेपालको जितमा भिम सार्कीले सर्वाधिक ७७ रनको अविजित इनिङ खेले । उनले १ सय १४ बल खेल्दा ७ चौका र १ छक्का प्रहार गरे ।

नेपाललाई राम्रो सुरुआत दिएका ओपनर कुशद भुर्तेल ५४ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ३९ रन जोडेर आउट भएका थिए । आसिफ शेख १६ बलमा २ चौकासहित १२ रनमा आउट हुँदा, कप्तान रोहित पौडेलले १६ रन र कुशल मल्ले १३ रन दिए ।दीपेन्द्रसिंह ऐरी ३२ बलमा ५ चौका र एक छक्का प्रहार गर्दै ३९ रनमा अविजित रहे ।

अमेरिकालाई पराजित गरेसँगै समूह ए मा पहिलो जित निकालेको नेपालले २ अंक जोडेको छ । नेपाल पहिलो खेलमा घरेलु टिम जिम्बाबेसँग ८ विकेटले पराजित भएको थियो ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif