आईतवार, १० श्रावण, २०८३

विश्वकपमा इंग्ल्यान्ड तेस्रो, फ्रान्समाथि ६–४ को रोमाञ्चक जित

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ३ श्रावण, २०८३

विश्वकपमा इंग्ल्यान्ड तेस्रो, फ्रान्समाथि ६–४ को रोमाञ्चक जित

२०८३ साउन ०३, काठमाडौँ । फ्रान्सलाई ६-४ गोलले पराजित गर्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ मा तेस्रो भएको छ । अमेरिकाको मियामी स्टेडियममा आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा इंग्ल्यान्डले जित निकाल्दै कांस्य पदक प्राप्त गरेको हो ।

खेलको सुरुआतदेखि नै इङ्गल्यान्डले फ्रान्सेली रक्षापङ्क्तिमाथि तीव्र दबाब सिर्जना गर्‍यो। खेलको तेस्रो मिनेटमै आर्सनलका मिडफिल्डर डेक्लान राइसले लामो दुरीबाट प्रहार गरेको उत्कृष्ट बल सिधै गोलमा परिणत भएपछि इङ्गल्यान्डले अग्रता लियो।

त्यसको लगतै एज्री कोन्साले सुन्दर हेडमार्फत गोल गरेपछि इङ्गल्यान्डले २-० को सुरुवाती अग्रता बनायो । सुरुवाती झट्कापछि खेलमा फर्कने प्रयासमा रहेका फ्रान्सेली फरवार्ड किलियन एमबाप्पे र माइकल ओलिसेको कडा प्रहारलाई इङ्गल्यान्डका दोस्रो रोजाइका गोलकिपर डिन हेन्डरसनले उत्कृष्ट बचाउ गर्दै असफल पारिदिए।

त्यसपछि पनि इङ्गल्यान्डको आक्रमण रोकिएन। खेलको ३०औं मिनेटमा बुकायो साकाले एक तीव्र काउन्टर अट्याकलाई गोलमा परिणत गर्दै टोलीको अग्रता ३-० बनाए। पहिलो हाफको इन्जुरी समयमा साकाले व्यक्तिगत दोस्रो गोल थपेपछि इङ्गल्यान्ड पहिलो हाफमै ४-० को अत्यन्तै बलियो र एकतर्फी स्थितिमा पुग्यो। पहिलो हाफको यो फितलो प्रदर्शनलाई फ्रान्सेली प्रशिक्षक डेसच्याम्पसले ‘विपत्तिजनक’ को संज्ञा दिँदै ब्रेकमा खेलाडीहरूलाई आफ्नो र देशको साख जोगाउन कडा निर्देशन दिएका थिए।

दोस्रो हाफमा फ्रान्सले कायापलट रणनीति अपनाउँदै डेम्बेले, उपामेकानो, लुकास डिग्ने र बार्कोलालाई एकैपटक मैदान भिरायो, जसको नतिजा फ्रान्सले तत्कालै पायो। एमबाप्पेले यस विश्वकपको व्यक्तिगत नवौं गोल गर्दै अर्जेन्टिनाका लियोनेल मेसीलाई गोल्डेन बुटको दौडमा पछि पारे।

त्यसपछि खेलको रूप पूर्ण रूपमा फेरियो । मैदान प्रवेश गरेका बार्कोलाले फ्रान्सका लागि दोस्रो गोल गरे भने लगत्तै ओलिसेको पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल थपेपछि खेल ४–३ को रोमाञ्चक मोडमा पुग्यो । यस गोलसँगै एमबाप्पे विश्वकप इतिहासमा कुल २२ गोल पुर्‍याउँदै जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमानलाई धेरै पछाडि छाडेर विश्वकप इतिहासकै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्।

खेलको अन्त्यतिर फ्रान्सले बराबरी गर्ने केही सुनौला अवसरहरू गुमायो। दबाबका बीच मालो गुस्टोले डिजेड स्पेन्सलाई पेनाल्टी बक्समा लडाएपछि इङ्गल्यान्डले पेनाल्टीको अवसर पायो । साकाले पेनाल्टीलाई संयमित हुँदै गोलमा परिणत गरेर आफ्नो सानदार ह्याट्रिक पूरा गरे र खेल ५-३ को स्थितिमा पुग्यो।

खेलको अन्तिम क्षणमा फ्रान्सका तर्फबाट डेम्बेले र इङ्गल्यान्डका तर्फबाट मैदान प्रवेश गरेका बेलिङ्घमले १-१ गोल थपेपछि खेल अन्ततः इङ्गल्यान्डको पक्षमा ६–४ ले सकियो । यस गोलसँगै बेलिङ्घम एउटै विश्वकप संस्करणमा ७ गोल गर्ने इङ्गल्यान्डको इतिहासकै पहिलो खेलाडी बनेका छन्।

सन् १९६६ मा विश्वकप उपाधि जितेयता विश्वकपको मञ्चमा इङ्गल्यान्डको यो नै सबैभन्दा उत्कृष्ट नतिजा र प्रदर्शन हो । यता पराजित फ्रान्सका प्रशिक्षक डेसच्याम्पसको सुखद बिदाइ हुन सकेन, जसको सफल नेतृत्वमा फ्रान्सले २०१८ को विश्वकप जितेको थियो भने २०२२ मा टोली उपविजेता बनेको थियो ।

advertisement_1676553908.gif