आईतवार, ६ बैशाख, २०८३

एमाले अध्यक्षमा ओली निर्वाचित, यस्तो बन्यो १९ सदस्यीय पदाधिकारी टिम

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ३ पुष, २०८२

एमाले अध्यक्षमा ओली निर्वाचित, यस्तो बन्यो १९ सदस्यीय पदाधिकारी टिम

२०८२ पुष ०३, काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक विजयी भएका छन् । काठमाडौंमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा ईश्वर पोखरेललाई १०९९ मतले पराजित गर्दै ओली तेस्रोपटक पार्टीको अध्यक्षमा विजयी भएका हुन्। अध्यक्ष पदमा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत प्राप्त गरे ।

ओली नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई ५६ मतले पराजित गरेर पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै, उनी दशौँ महाधिवेशनमा भीम रावललाई पराजित गरेर दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका थिए ।

प्यानलगत प्रतिस्पर्धामा अधिकांश अध्यक्ष केपी ओली पक्षका उम्मेदवार विजयी भएका छन् । महासचिवमा कडा प्रतिस्पर्धा भए पनि संस्थापन पक्षका शंकर पोखरेलले दुई सयभन्दा बढी मतले विजयी भएका छन् ।

यसैगरी पार्टी पदाधिकारीमा उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङले १७३७ मत, विष्णुप्रसाद पौडेलले १६७५ मत, रामबहादुर थापाले १५१६ मत, गोकर्णराज विष्टले १३६८ मत र रघुजी पन्त १२५८ मतका साथ विजयी भएका हुन् ।

त्यसैगरी, उपमहासचिवमा लेखराज भट्टले १४५२ मत, रघुवीर महासेठले १३६८ मत र योगेश भट्टराई १३४८ मततका साथ विजयी भएका छन् ।

त्यसैगरी, सचिव महेश बस्नेतले १५४४ मत, छविलाल विश्वकर्माले १५०६ मत, पद्माकुमारी अर्यालले १५३० मत , शेरधन राईले १५०३ मत , हिक्मतकुमार कार्कीले १३३७ मत , खगराज अधिकारीले १३३१ मत, यमलाल कँडेलले ११८५ मत, राजन भट्टराईले ११८१ मत र भानुभक्त ढकाल ११०८ मतका साथ विजयी भएका हुन् ।

यस्तो बन्यो पदाधिकारी टिम

अध्यक्ष : केपी शर्मा ओली

उपाध्यक्ष : पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त

महासचिव : शंकर पोखरेल
उपमहासचिव
लेखराज भट्ट

रघुवीर महासेठ

योगेश भट्टराई
सचिव
महेश बस्नेत

पद्माकुमारी अर्याल

छविलाल विश्वकर्मा

शेरधन राई

हिक्मत कुमार कार्की

खगराज अधिकारी

यामलाल कँडेल

राजन भट्टराई

भानुभक्त ढकाल

advertisement_1676551537.gif