राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २९ आश्विन, २०८२
२०८२ असोज २९, काठमाडौँ । तीन दिनसम्म चल्ने नेकपा (एमाले) को दसौं केन्द्रीय कमिटी बैठक आजबाट सुरू हुँदैछ ।
ललितपुरको भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा अहिले बिहान ११ बजेबाट सुरू हुन लागेको बैठकले मंसिरमा हुने भनिएको ११ औं महाधिवेशनको मिति तोकिने छ । यसअघि असोज १२ गते बसेको सचिवालयको बैठकले मंसिर अन्तिम हप्ता महाधिवेशन गर्ने निर्णय गरे पनि मिति तोकेको छैन् ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलोपटक बस्न लागेको बैठकमा केन्द्रीय सदस्यहरूले नेतृत्व र पार्टी पुनर्गठनबारे धारणा राख्नेछन् ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने बताइएको छ।