आईतवार, ६ बैशाख, २०८३

एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ४ पुष, २०८२

एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

२०८२ पुष ०४, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीसहित पदाधिकारीहरूको बैठक आज बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे कार्की ब्यांक्वेटमा बस्ने तय भएको हो ।

यो बैठक हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक हो ।

तेस्रोपटक पार्टी अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीसहित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बिहीबार नै शपथग्रहण गरिसकेका छन् ।

११औँ महाधिवेशनबाट एमालेले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

advertisement_1676551694.gif