आईतवार, १ मंसिर, २०८२

एमाले केन्द्रीय समिति बैठक आज पनि

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ७ श्रावण, २०८२

एमाले केन्द्रीय समिति बैठक आज पनि

६ साउन २०८२, काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । च्यासल, ललितपुर तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ।

हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र चौतर्फी आक्रामण भएको र त्यसको डटेर सामना गर्नु पर्नेमा जोड गरेका थिए भने हिजोको बैठकमा  उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन तथा महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गरेका थिए, जसमाथि छलफल जारी रहेको छ ।

हिजोका बैठकमा ४९ जना केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् भने बाँकीले मंगलबार धारणा राखिसकेपछि बैठक समापन गरिनेछ । हरेक सदस्यलाई बोल्न ३–३ महिनाको समय दिइएको छ । सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बाहेक एमालेमा करिब २३० जना केन्द्रीय सदस्य रहेका छन् ।

मुख्यतयाः विधान अधिवेशनको पूर्व तयारी तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने विषयमा केन्द्रीय कमिटी बैठक मुख्य रूपमा केन्द्रित हुनेछ । यसअघि बसेको सचिवालय बैठकले मुख्यतयाः ७० वर्षे उमेर हद र एक व्यक्ति २ कार्याकालभन्दा बढी पदाधिकारीमा बस्न नपाइने भन्ने विधानको व्यवस्थालाई खारेज गरेको थियो, जसलाई पोलिटब्युरोले समेत अनुमोदन गरिसकेको छ ।

advertisement_1680627680.gif