आईतवार, ६ बैशाख, २०८३

एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २६ मंसिर, २०८२

एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा

२०८२ मंसिर २५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य शेरधन राईले आगामी ११औँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताएका छन् । 

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई साथ दिँदै आएका राईले यसपटक पार्टीमा आफूलाई पदाधिकारीका रूपमा हेर्ने माहोल बनेको बताए । आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी पदाधिकारमा क्रमैसँग अघि बढ्दै आएको अनुभवका आधारमा सचिव पद स्वाभाविक दाबी भएको उल्लेख गरे । राईका अनुसार १०औँ महाधिवेशनमा पनि पदाधिकारीमा जान खोजे पनि अन्ततः सहमतिका कारण स्थायी कमिटीमै बस्नुपरेको थियो ।

राईले आफू पार्टीका हरेक चुनौती र संकटमा अडिग रूपमा उभिएको नेता भएको दाबी गर्दै ने, “म पार्टीबाट नबरालिएको मान्छे हो । आजसम्म कुनै मोडमा बाटो नबिर्सिएको छवि बनाएको छु ।”

advertisement_1680627680.gif