आईतवार, ६ बैशाख, २०८३

एमालेले आज निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउँदै

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १४ पुष, २०८२

एमालेले आज निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउँदै

२०८२ पुष १४, काठमाडौँ । नेकपा (एमाले) ले समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ ।

आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै आज निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको थियो ।

एमालेले विभिन्न जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारेको छ ।

एमलेले पूर्व उपाध्यक्ष बराल, सचिव पद्मा अर्याल,अखिल नेपाल महिला संघकी अध्यक्ष टुका हमाल, युवा संघकी पूर्व .अध्यक्ष निरु पाल, पूर्व प्रमुख सचेतक शान्ता चौधरी र पूर्वसहरी विकास मन्त्री मन्जु चौधरीको नाम पेश भएको हाे। सचिवालय बैठकले पारित गरेको समानुपातिक उम्मेदवारको सूचीमा केही थपघट गर्न जिम्मेवारी अध्यक्ष ओलीलाई दिइएको छ ।

यसैबीच सचिवालय बैठकमा उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले ईश्वर पोखरेललाई समानुपातिकको एक नम्बरमा राख्नुपर्ने बताएका थिए ।

विस्ट र भट्टराईले पार्टीमा एकता कायम गर्न ईश्वर पोखरेललाई समानुपातिकको एक नम्बरमा राख्नुपर्नेमा जोड दिएका हुन् । ‘समानुपातिक छान्दा मापदण्ड बनाऔं, योग्यता, क्षमता, क्रियाशीलता मानक राखौं,’ उनीहरूले भने ।

एमालेको ११औँ महाधिवेशनपछि आइतबार पहिलो पटक सचिवालय बैठक बसेको हो । आजको बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको छ ।

advertisement_1676551694.gif