राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ११ असार, २०८२
११ असार २०८२, काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ । बुधबार बसेको पार्टी सचिवालय बैठकले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथि लगाइएको निलम्बन फुकुवा गर्ने निर्णय लिएको हो ।
पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार केही समयअघि पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा दुवै नेतामाथि निलम्बन गरिएको थियो ।
गत पुस १० गते बसेको एमाले सचिवालय बैठकले ६ महिनाका लागि जिम्मेवारी खोसेको थियो । पछिल्लो चरणमा भएको आन्तरिक छलफल र मूल्याङ्कनपछि उनीहरूको निलम्बन फुकुवा गर्ने सहमति भएको हो ।