मंगलवार, १७ असार, २०८२

एमालेले गर्यो १७ जना केन्द्रीय सदस्य मनोनीत

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १७ श्रावण, २०८१

एमालेले गर्यो १७ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं, साउन १७ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले विभिन्न नेतालाई जिम्मेवारी तोकेको छ ।

बिहीबार बसेको सचिवालय बैठकले गुरु बराललाई उपाध्यक्षमा मनोनित गरेको छ । सचिवालय बैठकले मुकुन्द न्यौपाने र मधेस प्रदेशका लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनित गरेको छ।

त्यस्तै अनुशासन आयोगको सदस्यमा मायानाथ अधिकारी मनोनित भएका छन् । त्यस्तै बैठकले प्रदेशमा इन्चार्ज, केन्द्रीय सदस्य, निर्वाचन आयोग र सल्लाहकार परिषदमा सदस्य चयन गरेको छ।

शेरधन राई कोशी प्रदेश, लीलानाथ श्रेष्ठ मधेस प्रदेश, राजन भट्टराई, बागमती प्रदेश, किरण गुरूङ, गण्डकी प्रदेश, पद्मा अर्याल लुम्बिनी प्रदेश, गोरखबहादुर बोगटी कर्णाली प्रदेश र लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जमा मनोनित गरेको छ ।

आज बसेको बैठकले सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सुनसरी), रामपृत राम (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम),गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर) छन् ।

त्यसैगरी सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की),मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) केन्‍द्रीय समितिमा मनोनित भएका छन् ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif