आईतवार, ६ बैशाख, २०८३

एमालेले गर्यो निर्वाचन तालिका सार्वजनिक

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २९ मंसिर, २०८२

एमालेले गर्यो निर्वाचन तालिका सार्वजनिक

२०८२ मंसिर २८, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ । केन्द्रिय निर्वाचन आयोगले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको हो ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार पुस १ गते दिउँसो ११ बजेबाट मतदानको समय निर्धारण गरिएको छ ।

निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष डा. विजय सुब्बाले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै समय लम्बिएको जानकारी गराएका हुन् । भोलि (सोमबार) बिहान ७ बजेबाट निर्वाचन कार्यक्रम सुरु हुनेछ । मंगलबार बिहान ७ बजे मतदाता नामावली प्रकाशन गरिनेछ ।

सोही दिन ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीमा दाबी विरोध, साढे ९ बजे दाबी विरोधको सूचना प्रकाशन, १० बजे दाबी विरोध उपर छानबिन हुनेछ । सवा १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने कार्यतालिकामा छ ।

मंगलबार दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारको नाम फिर्ता गर्नका लागि समय छुट्याइएको छ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। पुस १ गते ११ देखि ५ बजेसम्म मतदानको कार्यतालिका छ ।

advertisement_1676998982.gif