आईतवार, १ मंसिर, २०८२

एमालेले १ जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ५ जेष्ठ, २०८२

एमालेले १ जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी

४ जेठ २०८२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले एक जिल्ला र १३ वटा जनसंगठनको अधिवेशन गर्न बाँकी रहेको छ । एमालेले निर्धारित समयभन्दा ढिलो भइसकेकाले धनुषा जिल्ला र अन्य १३ जनसंगठनको अधिवेशन यही महिनाभित्र सक्ने पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए ।

विसं २०८१ जेठभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने भनेता पनि अझै धनुषाको अधिवेशन सम्पन्न हुन बाँकी छ। धनुषाको अधिवेशन गत वैशाख २० देखि २३ गते सुरु भए पनि विवादका कारणले रोकिएको छ ।

आयोगका अध्यक्ष सुब्बाका अनुसार धनुषाको अधिवेशन यही जेठ ७ गते तोकिएको छ । “पार्टी नेतृत्वबाट यही जेठ ७ गते धनुषामा मतदानबाट अधिवेशन सम्पन्न गर्न निर्देश आएको छ”, उनले भने, “हामी ७ गतेबाट निर्वाचन प्रक्रिया सुरु गर्छौं।”

यस्तै एमालेले गत चैत मसान्तसम्म जनसंगठनको महाधिवेशन सम्पन्न गर्ने निर्देशन दिए पनि नौ वटा मात्र जनसंगठनको महाधिवेशन सम्पन्न भएका छन् ।

आयोग अध्यक्ष डा सुब्बाका अनुसार अनेरास्ववियु, राष्ट्रिय युवा संघ, अखिल नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल खेलकुद महासंघ, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लगायतको महाधिवेशन गर्न बाँकी रहेको छ ।

उनले ति जनसंगठनको महाधिवेशन यही जेठभित्र सम्पन्न गर्ने गरि कार्यतालिका प्रकाशन गरिसकेका छन्। एमालेका २२ जनसंगठन रहेका छन् ।

advertisement_1744958411.jpg