राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २९ मंसिर, २०८२
२०८२ मंसिर २८, काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशनबाट निर्वाचित हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरिएको छ ।
बन्दसत्रमा प्रस्तुत गरिएको प्रस्तावअनुसार केन्द्रीय कमिटीमा महिला, युवा, आदिवासी–जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।
प्रस्तावित संरचनाअनुसार केन्द्रीय कमिटीमा १९ जना पदाधिकारी रहनेछन् । जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहने व्यवस्था गरिएको छ।
प्रदेशगत प्रतिनिधित्वअन्तर्गत उपत्यकासहित सबै ८ प्रदेशबाट ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट ९ जनाको प्रतिनिधित्व रहनेछ, जसमा ५ जना खुल्ला, ३ जना महिला र १ जना युवा रहनेछन् ।
यसैगरी, खुल्ला कोटाबाट १ सय २५ जना केन्द्रीय सदस्य चयन हुनेछन् । उक्त कोटामा ७१ जना खुल्ला, ५२ जना महिला र २ जना युवा समावेश गरिएका छन् ।
यस्तो छ, केन्द्रीय कमिटीको संरचना
१) पदाधिकारी (९ ) जना
• अध्यक्ष : १ जना
• उपाध्यक्ष : ५ जना
• महासचिव : १ जना
• उपमहासचिव : ३ जना
• सचिव : ९ जना
२) प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट: ९x८ (७२) जना
• खुल्ला : ५ जना
• महिला : ३ जना
• युवा : १ जना
३) खुल्ला कोटा (१२५ ) जना
• खुल्ला : ७१ जना
• महिला : ५२ जना
• युवा : २ जना
४) जनजाति / आदिवासी ( २५) जना
• खुल्ला : १५
• महिला : ८
• युवा : २
५) मधेसी (२०) जना
• खुल्ला : ११
• महिला : ६
• युवा : २
६) प्रवास (२) जना
• भारत : १
• अन्य देश : १
७) श्रमिक (३) जना
• खुल्ला : २
• महिला : १
८) अपाङ्गाता भएका ब्यक्ति (१) जना
• खुल्ला : १
९) दलित (१२) जना
• खुल्ला : ७
• महिला : ४
• युवा : १
१०) थारु (८) जना
• खुल्ला : ५
• महिला : ३
११) मुस्लिम (५) जना
• खुल्ला : ४
• महिला : १
१२) थारु (८) जना
• खुल्ला : ५
• महिला : ३
१३) पिछडिएको क्षेत्र (२) जना
• खुल्ला : १
• महिला : १