आईतवार, ६ बैशाख, २०८३

एमालेले सार्वजनिक गर्यो एघारौँ महाधिवेशनको लोगो

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १५ मंसिर, २०८२

एमालेले सार्वजनिक गर्यो एघारौँ महाधिवेशनको लोगो

२०८२ मंसिर १४, काठमाडौँ । नेकपा एमालेले मंसिर २७ गतेदेखि भक्तपुर र काठमाडौंमा हुने एघारौँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा आइतबार अध्यक्ष केपी शर्मा ओ‌लीले उक्त लोगो सार्वजनिक गरेका हुन् ।

लोगोमा धरहरा, राष्ट्रिय झन्डासहित सूर्यभित्र हँसिया हथौडा समेटिएको छ । त्यस्तै कार्यक्रममा महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति हाम्रो सङ्कल्प समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारा पनि सार्वजनिक गरिएको छ । महाधिवेशनलाई लक्षित गर्दै एमाले प्रचार विभागले आइतबार साँझबाट सूर्य खबर प्रकाशित गर्ने भएको छ ।

एमालेले शनिबार महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको छनोट पूरा गर्दै तयारीलाई तीव्र पारेको छ । मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने महाधिवेशनको बन्द सत्र काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुने जनाएको छ ।

advertisement_1676551646.gif