मंगलवार, १७ असार, २०८२

एमालेले द्वारा नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २२ कार्तिक, २०८१

एमालेले द्वारा नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक

काठमाडौं, कार्तिक २२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी महिना हुने स्थानीय तह उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

एमालेको नगर समितिले केही दिनअघि कीर्तिपुर नगरप्रमुखमा डा सुरेन्द्र मानन्धर, वडा नं १ मा र वडा नं ४ मा बद्री बुढाथोकीलाई सर्वसम्मत सिफारिस गरेको थियो ।

आज भएको घोषणासभामा नगरप्रमुखका उम्मेदवार मानन्धरले कीर्तिपुरका जनताको चाहनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने बताए ।

त्यस अवसरमा एमाले स्थायी समिति सदस्य राजन भट्टराई तथा बागमती प्रदेश प्रमुख आनन्द पोखरेलले जनताका माझ गएर उनीहरूका काम गर्न जनप्रतिनिधि दत्तचित्त हुनुपर्नेमा जोड दिए ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif