आईतवार, ६ बैशाख, २०८३

एमाले लमजुङबाट पृथ्वीसुब्बा गुरुङसहित ६ जनाको नाम सिफारिस

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १९ पुष, २०८२

एमाले लमजुङबाट पृथ्वीसुब्बा गुरुङसहित ६ जनाको नाम सिफारिस

२०८२ पुष १९, काठमाडौं । नेकपा (एमाले) लमजुङले फागुन २१ का लागि तय भएको निर्वाचनका लागि पार्टी उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङसहित छ जनाको नाम सिफारिस गरेको छ ।

आज बसेको जिल्ला कमिटीको बैठकले गुरुङसहित छ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस हुनेमा गुरुङसहित जमिन्द्रमान घले, कृष्णप्रसाद अधिकारी, धनन्जय दवाडी, भगवती थापा (कल्पना), लक्ष्मीदेवी अधिकारी रहेका छन् ।

यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पृथ्वीसुब्बा गुरुङ लमजुङबाट निर्वाचित भएका थिए।

advertisement_1676551694.gif