राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ३ श्रावण, २०८२
२ साउन २०८२, काठमाडौं । नेकपा एमालेको विहिबार मध्यराती सम्पन्न सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ । बिहीबार राति सम्पन्न पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा दोस्रो विधान महाधिवेशनका लागि उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई अन्तिम रुप दिँदै पार्टी विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्यकाल व्यवस्था हटाउने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकले पदाधिकारीको संख्या १५ सहित ८४ सदस्यीय पोलिटब्युरो र केन्द्रीय कमिटीमा २५१ सदस्य रहने निर्णय गरेको छ । यसैबिच शुक्रबार ११ बजे बस्ने भनिएको पोलिटब्युरो बैठक दिउँसो १ बजे बस्ने तय भएको छ ।