आईतवार, ६ बैशाख, २०८३

एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ३० मंसिर, २०८२

एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान

२०८२ मंसिर २९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औं महाधिवेशन लम्बिएको छ । निर्धारित समयअनुसार निर्वाचन कार्यतालिका नभएपछि महाधिवेशन लम्बिने भएको हो । यसअघि २७ मंसिरमा उद्घाटनसहित २९ मंसिरमा महाधिवेशन सम्पन्न गर्ने तालिका सार्वजनिक भएको थियो ।

एमालेको निर्वाचन आयोगले सार्वजनिक गरेको महाधिवेशनसम्बन्धी कार्यतालिकाअनुसार मंगलबार  मतदान गर्ने कार्यक्रम रहेको छ । यस्तै आइतबार मतदाता नामावली प्रकाशन भए पनि अन्य बाँकी महत्वपूर्ण कार्य सोमबार हुने निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाले जनाएका छन् ।

निर्वाचन आयोगका अध्यक्ष डा. सुब्बाले आइतबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार (भोलि) बिहान ११ बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम रहेको छ ।

आज बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध, सुधारको समय तोकिएको छ । १० बजेसम्म कुनै पनि पदमा दाबी गरेको नाममा आएका विरोधमाथि छानबिन गरी निर्णय गर्ने समय तोकिएको छ ।

आज नै मतदाता नामावलीउपर दाबी विरोध, मतदाता नामावलीउपर परेको दाबी विरोधको सूचना प्रकाशन, दाबी विरोधउपर छानबिन र निर्णय, अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारको दरखास्त फाराम वितरण, उम्मेदवारको दरखास्त फाराम दर्ता, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी दिने, उजुरीउपर छानबिन र निर्णय, उम्मेदवारको नाम फिर्ता गर्ने कार्यतालिका रहेको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज बेलुका ६ बजे हुने निर्वाचन कार्यतालिका रहेको आयोगका अध्यक्ष डा. सुब्बाले जनाएका छ न्। मंगलबार (भोलि) मतदान भएपछि मतगणना, निर्वाचनको परिणाम घोषणा, प्रमाणपत्र प्रदान, शपथ ग्रहणलगायतका कार्यक्रम तालिकामा समावेश गरिएको छ ।

advertisement_1676551646.gif