आईतवार, ६ बैशाख, २०८३

एमाले महाधिवेशन: नेतृत्व चयनका लागि मतदान सुरु

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २ पुष, २०८२

एमाले महाधिवेशन: नेतृत्व चयनका लागि मतदान सुरु

२०८२ पुष ०२, काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र इश्वर पोखरेलले पहिलो मतदान गर्दै मतदान सुरु भएको हो । 

मतदानका लागि महाधिवेशन प्रतिनिधि बिहानैबाट लाइन बसेका हुन् । मंगलबार बेलुकाबाट हुने भनिएको मतदान विद्युतीय मतदान मेसिनमा प्रविष्ट गर्न ढिलाइ र फन्ट सपोर्ट नगरेको कारण आज बिहान मतदान सारिएको हो ।

अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले गरेको विद्युतीय मतदान सफल भएपछि प्रतिनिधिहरूलाई पनि मतदानका लागि भित्र पठाइएको हो । मतदानका लागि महाधिवेशन प्रतिनिधि बिहानैबाट लाइन बसेका छन् । 

मतदान स्थलमा उत्साहपूर्ण वातावरण छ भने प्रतिनिधिहरू र उम्मेदवारहरू एक अर्कासँग चिनजान गर्दै भोट मागिरहेका छन्।‎मतदान लाइनमा महिला र पुरुष प्रतिनिधि एउटै स्थानमा बसेको विषयमा जिज्ञासा राख्दा दुई जना महिला प्रतिनिधिले कुनै समस्या नरहेको स्पष्ट पारे ।

उनीहरूले महिला र पुरुषलाई फरक–फरक रूपमा हेर्नु आवश्यक नरहेको बताउँदै ‘हामी महिला–पुरुष भनेका एक रथका दुई पाङ्ग्रा हौँ,’ भन्दै आपसी सम्मान र सकारात्मक सोचका साथ लाइनमा बसेको प्रतिक्रिया दिए ।

‎उनीहरूले जुनसुकै ठाउँमा पनि महिला–पुरुष भनेर छुट्याउनुभन्दा समान सहभागिता र समान अवसरलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । पार्टीभित्र लैङ्गिक समानताको अभ्यास व्यवहारमै देखिनु सकारात्मक सन्देश भएको उनीहरूको भनाई छ ।

advertisement_1676998982.gif