आईतवार, ६ बैशाख, २०८३

एमाले नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु हुँदै

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ३ पुष, २०८२

एमाले नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु हुँदै

२०८२ पुष ०३, काठमाडौं । नेकपा (एमाले)को जारी ११ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना केहीबेरमा सुरु हुँदैछ । मतगणना सुरु भएको करिब २ घण्टामा गणना सकिनेछ ।

मतगणनका लागि अहिले ८० वटा विद्युतीय मेसिनबाट चिप्स निकाल्ने काम भइरहेको छ । चिप्स निकालिसकेपछि मतगणना सुरु हुने र नतिजा सुनाइने एमालेले जनाएको छ ।

२ हजार २६३ महाधिवेशन प्रतिनिधिमध्ये २ हजार २२७ जना प्रतिनिधिहरुले मतदान गरेका छन् । ३६ जना महाधिवेशन प्रतिनिधि मतदान प्रक्रियामा अनुपस्थित रहे । मतदानका लागि ८० विद्युतीय मेसिनको प्रयोग गरिएको थियो ।

मतगणनाका लागि ८० वटै मेसिनको फरक-फरक मुचुल्का तयार गरिँदैछ । त्यसपछि मतगणना सुरु हुनेछ ।

नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर प्रतिस्पर्धामा गरेका थिए ।

advertisement_1676551646.gif