मंगलवार, १७ असार, २०८२

एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २० असार, २०८१

एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,  मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै

काठमाडौँ, असार १९ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले पनि आज नै प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने भएका छन् । 

मंगलबार बसेको एमालेको  सचिवालय बैठकले २४ घण्टाभित्र राजीनामा दिन आग्रह गरेको थियो। एमालेको बुधबार बसेको सचिवालय बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको  हो । एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार एमालेले समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने छन् ।

दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेपछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त प्रधानमन्त्रीज्यूलाई आह्वान गरेको प्रधानमंत्रीबाट मार्ग प्रशस्त गर्ने अवस्था नदेखिएकोले नयाँ राष्ट्रिय सरकार निर्माणको प्रक्रिया आरम्भ गर्नका लागि सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिने र सरकारलाई एमालेको तर्फबाट दिइएको समर्थन फिर्ता लिने निर्णय गरेको एमालेका नेताले बताए।

प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती रहेका छन् ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif