आईतवार, ६ बैशाख, २०८३

गुल्मी २ मा एमाले उपाध्यक्ष गोकर्ण विष्ट एकल सिफारिस

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २१ पुष, २०८२

गुल्मी २ मा एमाले उपाध्यक्ष गोकर्ण विष्ट एकल सिफारिस

२०८२ पुष २१, काठमाडौं । नेकपा एमालेले गुल्मी क्षेत्र नं २ बाट उपाध्यक्ष गोकर्ण विष्टको एकल नाम सिफारिस गरेको छ ।

दुईवटा निर्वाचन क्षेत्रमध्ये १ नम्बर क्षेत्रमा प्रदीप ज्ञवालीको एकल नाम सिफारिस भइसकेको छ । २ नम्बर क्षेत्रमा उपाध्यक्ष विष्टसहित रामकुमारी झाँक्री, राजेन्द्र अर्यालसहित ६ जनाको नाममा छलफल भने भएको थियो । तर विष्टको नाम एकल सिफारिस गरिएको बताइएको छ ।

लामो समयदेखि यो क्षेत्रमा लड्दै आएका विष्टलाई मनाएर रामकुमारी झाँक्री अघि सार्ने चर्चा थियो । काँग्रेस, एस, माओवादीसहितको गठबन्धन हुँदा २०७९ मा झाँक्री यसअघि विष्टसँग पराजित भएकी थिइन् ।

एमालेको हालैको महाधिवेशनमा विष्ट ईश्वर पोखरेल प्यानलबाट केन्द्रीय उपाध्यक्षमा विजयी भएका हुन् ।

०५६ सालमा जितेसँगै विष्टको संसदीय यात्रा सुरु भएको हो । ०६४ सालको पहिलो संविधानसभा चुनावमा उनी माओवादीसँग पराजित भएका थिए । ०७० सालको दोस्रो संविधानसभा, २०७४ र २०७९ मा लगातार विजयी भएका विष्ट ऊर्जामन्त्री समेत बनेका थिए ।

advertisement_1680627706.gif