आईतवार, ६ बैशाख, २०८३

झापा-५ बाट केपी शर्मा ओलीको एकल नाम सिफारिस

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १९ पुष, २०८२

झापा-५ बाट केपी शर्मा ओलीको एकल नाम सिफारिस

२०८२ पुष १९, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएको छ ।

शनिबार बसेको नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ को बैठकले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारको रूपमा ओलीको एकल नाम सिफारिस भएको हो । 

ओली यसअघि २०७४ र २०७९ सालको निर्वाचनमा पनि झापा-५ बाट उम्मेदवार बनेर निर्वाचित भएका थिए । झापामा ५ वटा निर्वाचन क्षेत्र रहेको छ । 

advertisement_1676553851.gif