आईतवार, ६ बैशाख, २०८३

पाल्पाबाट एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री पाैडेलसहितकाे नाम सिफारिस

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २० पुष, २०८२

पाल्पाबाट एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री पाैडेलसहितकाे नाम सिफारिस

२०८२ पुष १९, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाकाे निर्वाचनका लागि नेकपा (एमाले) पाल्पाले उम्मेदवार सिफारिस गरेकाे छ । शनिबार क्षेत्रीय कमिटिकाे बैठकबाट एमालेले पाल्पा क्षेत्र नं. १ बाट ६ जना र क्षेत्र नं. २ बाट ४ जनाकाे नाम सिफारिस गरेकाे हाे ।

एमालेले पाल्पा क्षेत्र नं. २ बाट उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विण्णुप्रसाद पौडेलको नामसहित चार जनालाई सिफारिस गरेको छ । सिफारिसमा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरे, संविधानसभा सदस्य नारायणी शर्मा घिमिरे र नेता रामबहादुर राउतसमेत परेका छन् छ । जिल्लाबाट सिफारिस गर्नेबेलासम्ममा सहमतिमा एक जनाकाे मात्र सिफारिस गर्ने तयारी गरिएको स्रोतले जनाएको छ । पू्र्वअर्थमन्त्री पौडेलको नामसमेत सिफारिस गर्नुपर्ने विषय बैठकमा उठेपछि उहाँ (पौडेल)लाई नै बुझेर एकल नाम पठाउनेबारे छलफल भइरहेको एमाले निकट स्रोतले जनाएको छ ।

यस्तै पाल्पा क्षेत्र नं. १ बाट एमालेका केन्द्रीय सदस्य एवं निवर्तमान प्रतिनिधिसभा सदस्य नारयणप्रसाद आचार्य, लुम्विनी प्रदेश कमिटिका अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय लेखा आयाेगका सदस्य निल सारू, जिल्ला उपाध्यक्ष बिमल काफ्ले, शिव अर्याल र दुर्गादेवी रानाको नाम सिफारिस गरिएको छ ।

अमृत अधिकारी इरानिमहल पाल्‍पाबाट

advertisement_1680627680.gif