आईतवार, १ मंसिर, २०८२

प्रधानमंत्री ओलीले कोशी प्रदेशस्तरीय जागरण सभालाई झापाको दमकमा सम्बोधन गर्ने

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २९ चैत्र, २०८१

प्रधानमंत्री ओलीले कोशी प्रदेशस्तरीय जागरण सभालाई झापाको दमकमा सम्बोधन गर्ने

३० चैत्र २०८१, झापा । आज दमकमा हुने विशाल जागरण सभालाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।

दमकमा आयोजना गरिने नेकपा एमालेको जागरण सभालाई सम्बोधन गर्न ओली झापा जान लागेका हुन् ।

ओलीले साढे १२ बजे सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सभामा झापा, इलाम, मोरङ, सुनसरी, उदयपुरबाट ठूलो सङ्ख्यामा सहभागी रहने एमालेको दाबी छ।

जागरण सभालाई व्यवस्थित गर्नका लागि करिब २ हजार स्वयंसेवक परिचालन गरिएको एमाले कोशी प्रदेश कमिटीले जनाएको छ।

advertisement_1676553851.gif