आईतवार, ६ बैशाख, २०८३

पुस २० भित्र प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गर्न एमालेको निर्देशन

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १३ पुष, २०८२

पुस २० भित्र प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गर्न एमालेको निर्देशन

२०८२ पुष १३, काठमाडौँ । नेकपा एमालेले पुस २० गतेभित्र प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

आइतवार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी पुस २० गते भित्र प्रत्यक्षतर्फको नाम निर्वाचन क्षेत्रीय कमिटी मार्फत सिफारिस गर्न निर्देश गर्ने निर्णय भएको सचिव डा. राजन भट्टराईले जानकारी दिए ।

बैठकले प्रत्यक्षतर्फको उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ । सोअनुसार आगामी पुस २० गतेभित्र सम्बन्धित निर्वाचन क्षेत्रीय कमिटीमार्फत प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिने निर्णय गरिएको  बताइएको छ ।

 पार्टीले जिल्ला र प्रदेशबाट प्राप्त समानुपातिकतर्फ  उम्मेदवार बन्द सूचीलाई नै अन्तिम रुप दिएर आयोगमा बुझाउने छ । उपमहासचिव भट्टले बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा पेस गरिएको समानुपातिकतर्फको बन्द सूचीका विषयमा छलफल भएको महासचिव लेखराज भट्ट बताए ।

निर्वाचन आयोगले सोमबारसम्म निर्वाचनमा भाग लिने दललाई समानुपातिकतर्फको बन्द सूची बुझाउने समय तोकेको छ ।

advertisement_1676998982.gif