राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २५ कार्तिक, २०८२
२०८२ कार्तिक २४, काठमाडौँ । माओवादी लगाएतका कम्युनिष्ट दलको एकतामा असन्तुष्ट एकीकृत समाजवादीका नेताहरु एमाले फर्किएका छन् ।
नेकपा (एमाले)ले पार्टी छाडेर अन्य दलमा लागेका नेताहरूलाई पुनः पार्टीमा स्वागत गर्न सोमबार काठमाडौंमा आयोजित घर फर्क अभियान कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई पार्टीको झण्डा प्रदान गर्दै पार्टीमा स्वागत गरेका हुन् ।
कार्यक्रममा एकीकृत समाजवादीमा लागेका नेताहरुले प्रतीकात्मक रूपमा सो पार्टीको चुनाव चिन्ह कलम अध्यक्ष ओलीलाई बुझाएका थिए ।
कार्यक्रममा एमाले छाडी एकीकृत समाजवादीतर्फ लागेका केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला तहका नेता लगाएत एमालेमा फर्किएका थिए ।
एमाले बिभाजन गरि नेकपा एकीकृत समाजवादी गठन हुँदा झाँक्री लगाएतका नेताहरुले एमाले छाडेका थिए । एमाले छाडेको चार वर्ष पछि अध्यक्ष ओलीले पुनः उनीहरुलाई एमालेमा स्वागत गरेका हुन् ।