आईतवार, १ मंसिर, २०८२

विद्या भण्डारीलाई राजनीतिमा फर्कन नदिने एमालेको निर्णय

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ८ श्रावण, २०८२

विद्या भण्डारीलाई राजनीतिमा फर्कन नदिने एमालेको निर्णय

७ साउन २०८२, काठमाडौं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन नदिने निर्णय गरेको छ । बुधबार बिहान सकिएको केन्द्रीय कमिटी बैठकले भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन नमिल्ने निर्णय गरेको हो । 

पार्टीको नवौँ केन्द्रीय कमिटी बैठक समापन मन्तव्य राख्दै अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगेको व्यक्ति राजनीतिमा आउँदा व्यवस्था र उक्त पदकै गरिमाको ओझ नरहने भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव पारित भएसँगै पुर्व राष्ट्रपति भण्डारी राजनीतिमा फर्कन नपाउने भएकी हुन् ।

दुई दिन चलेको केन्द्रीय कमिटी बैठकको समापनमा बोल्ने क्रममा अध्यक्ष ओलीले यस्तो निर्णय लिएको बताए । उक्त निर्णयमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले प्रतिवाद गरेका थिए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने निर्णय गरेपछि सो विषयमा बहस सुरु भएको थियो ।

advertisement_1676553908.gif