राष्ट्रिय सन्देश संबाददाता, १२ घण्टा पहिले
२०८३ कार्तिक २९ काठमाडौँ । सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइएको हो ।
काठमाडौंको गौरीघाटमा व्रतालु तथा श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ । छठ पर्वको मुख्य दिन आइतबार व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गरेका छन् ।
यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पनि गौरीघाटमा पुगी छठी माताको पूजाआराधना गरेका छन् ।
सूर्यदेव र छठी माताको उपासना गरी मनाइने यस पर्वमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिनसम्म चल्ने छठ पर्व विधिवत् रूपमा समापन हुनेछ ।
छठ पर्वमा सूर्यलाई अर्घ्य दिएर परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने धार्मिक परम्परा छ ।