बिहीबार, १४ श्रावण, २०८३

अस्वस्थ भएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना

राष्ट्रिय सन्‍देश संबाददाता, १६ घण्टा पहिले

अस्वस्थ भएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना

२०८३ साउन १२, काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्वस्थ भएपछि काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका छन् ।

मंगलबार बेलुका अचानक चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ ।

डा. भट्टराईकी छोरी मानुषी यमी भट्टराईका अनुसार चिकित्सकहरूले प्रारम्भिक परीक्षणपछि उनलाई बिनाइन पारोक्सिस्मल पोजिसनल भर्टिगो (Benign Paroxysmal Positional Vertigo–BPPV) को लक्षण देखिएको बताएका छन् ।

मानुषीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै डा. भट्टराईको अन्य सबै स्वास्थ्य परीक्षणको रिपोर्ट सामान्य रहेको बताएकी छन्। चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको र स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदै गएको उनले उल्लेख गरेकी छन् ।

हाल डा. भट्टराई ग्राण्डी अस्पतालमै चिकित्सकहरूको निगरानीमा रहेका छन्। परिवारले उनको स्वास्थ्य अवस्थाबारे चिन्ता नगर्न आग्रह गर्दै आवश्यक उपचार भइरहेको जनाएको छ ।

advertisement_1676553908.gif