सोमबार, २६ आश्विन, २०८३

बुढीगण्डकी बाढी प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग विपद् प्राधिकरणको छलफल

राष्ट्रिय सन्‍देश संबाददाता, ८ घण्टा पहिले

बुढीगण्डकी बाढी प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग विपद् प्राधिकरणको छलफल

२०८३ असोज २५ काठमाडौँ । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित जिल्लाको अवस्था र आवश्यकताबारे विपद् प्रतिकार्य कमाण्ड पोष्टले सम्बन्धित प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका सदस्यहरूसँग अनलाइन माध्यमबाट छलफल गरेको छ ।

विपद् प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेतीको अध्यक्षतामा भएको छलफलमा प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्था र तत्काल आवश्यकताबारे जानकारी गराएका थिए ।

यसअघि विपद् परिचालन टोलीको बैठकमा बाढीपछि सडक, पुल र विद्युत् पूर्वाधारमा भएको क्षति तथा तत्काल राहत र अवरुद्ध कनेक्टिभिटी पुनःस्थापनाका विषयमा छलफल भएको थियो ।

advertisement_1676998982.gif