शुक्रबार, १ जेष्ठ, २०८३

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ जेष्ठ १, शुक्रबार काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको छ ।

मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो बिहीबार चाँदी प्रतितोला ५ हजार ७ सय ४५ रुपैयाँमा खरिद-बिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा प्रभाव परेको व्यवसायीहरूको भनाइ छ ।

advertisement_1676553908.gif