शुक्रबार, ४ बैशाख, २०८३

कम्बोडियाबाट उद्धार गरिएका ४६ जना नेपाली स्वदेश फर्किए

राष्ट्रिय सन्‍देश संबाददाता, १३ घण्टा पहिले

कम्बोडियाबाट उद्धार गरिएका ४६ जना नेपाली स्वदेश फर्किए

२०८३ बैशाख ०३, काठमाडौं । बैङ्ककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् । माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि  कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको हो । 

उक्त दूतावासका अनुसार आकर्षक रोजगारी पाइने विश्वासमा सन् २०२१ मा १०१, २०२२ मा एक हजार ९७७, सन् २०२३ मा दुई हजार ९४०, सन् २०२४ मा छ हजार ४०४ तथा सन् २०२५ मा नौ हजार ६७६ जना नेपाली कम्बोडिया पुगेका थिए । साथै दूतावासले श्रम स्वीकृति नलिइ कम्बोडिया, लाओस, म्यानमार  र थाइल्याण्ड नजान अनुरोध गरेको छ । 

advertisement_1676551694.gif