शनिबार, ३० फाल्गुन, २०८२

बादल र सवेन्द्र खनाल मुछिएको ज्यानमुद्दामा अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश

राष्ट्रिय सन्‍देश संबाददाता, १३ घण्टा पहिले

बादल र सवेन्द्र खनाल मुछिएको ज्यानमुद्दामा अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश

२०८२ फागुन २९, काठमाडौं । सर्वोच्च अदालतले नेकपा माओवादीको विप्लव समूहका कार्यकर्ता कुमार पौडेलको हत्यामाथि छानविन गर्न आदेश दिएको छ ।

अब सो आदेशसँगै अब प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल), प्रहरी महानिरिक्षक सवेन्द्र खनाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत लगायत विरुद्ध परेको किटानी जाहेरीमाथि अनुसन्धान हुने छ ।

कुमारको हत्यापछि उनकी आमा दुर्गादेवी पौडेलले संलग्नहरुमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग राखी जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा किटानी जाहेरी पेश गरेकी थिइन् ।

जाहेरीमाथि अनुसन्धान नभएको भन्दै पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् । त्यसको करिब पाँच वर्षपछि बिहीबार न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले अनुसन्धान अघि बढाउनु भनी आदेश जारी गरेको हो ।

advertisement_1676553851.gif