सोमबार, ५ आश्विन, २०८३

एमाले सचिवालय बैठक : पुनर्गठन कार्यदलको प्रतिवेदन स्वीकार

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

एमाले सचिवालय बैठक : पुनर्गठन कार्यदलको प्रतिवेदन स्वीकार

२०८३ असोज ०४ काठमाडौँ I नेकपा (एमाले) को सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदन स्वीकार गरेको छ ।

आइतबार बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, महासचिव शंकर पोखरेल र नेता प्रदीप ज्ञवालीले तयार पारेर एकीकृत गरिएको प्रतिवेदन स्वीकार गरेको हो ।

‘आठौँ सचिवालय बैठकले चार महिना लगाएर जुन प्रतिवेदन तयार गर्‍यो, त्यो सर्वसम्मत रूपमा प्रतिवेदनलाई बुझाउने काम भयो र सचिवालयले त्यसलाई ग्रहण गर्‍यो,’ उपमहाचिव लेखराज भट्टले भने, ‘आजको बैठक भोलि बिहान नौ बजे बस्नेगरी स्थगित भएको छ ।’

सोमबार बस्ने बैठकमा केन्द्रीय समितिमा छलफल हुने एजेन्डाबारे छलफल हुने उनले जानकारी दिए ।

advertisement_1676553851.gif