बुधबार, १९ मंसिर, २०८१

advertisement_1730215456.gif

प्रधानमन्त्रीको चीन भ्रमणमा ८७ जनाको टोली जाने ,मङ्सिर १८ गते चीनका राष्ट्रपति सि चिनफिङसँग भेटवार्ता गर्ने तय

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १३ मंसिर, २०८१

प्रधानमन्त्रीको चीन  भ्रमणमा ८७ जनाको टोली जाने ,मङ्सिर  १८ गते चीनका राष्ट्रपति सि चिनफिङसँग भेटवार्ता गर्ने तय

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको  आउँदो १७ देखि २० गते सम्म चीनको भ्रमण गर्ने औपचारिक निर्णय भएको छ । मन्त्रिपरिषद्को बिहीबारको  बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको हो ।

 प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोलीमा सोमबार चीन जाने ३९ जना सरकारी पदाधिकारी रहेका छन्। जसमध्ये ९ जना सांसद रहेका छन् । निजी खर्चमा ४८ जना  निजी क्षेत्रका व्यक्तिसहित ८७ जनाको टोली प्रधानमन्त्री ओली सोमबार चीनको भ्रमणका लागि प्रस्थान गर्नेछन् । प्रधानमन्त्रीको चीन भ्रमणको तयारीको लागि  पररास्ट्रमंत्री आरजु देउबा आज चीन प्रस्थान गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १८ गते चीनका राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता गर्ने तय भएको बताइएको छ। प्रधानमन्त्रीको भ्रमणका क्रममा विगतका सम्झौता कार्यान्वयनको फलोअप, बीआरआईमा सहकार्य र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुदान सहयोगका लागि प्रस्ताव लगायतका एजेण्डामा छलफलको तयारी छ। तर द्विपक्षीय छलफलका औपचारिक एजेण्डाहरू भने सार्वजनिक भएका छैनन् ।

प्रधानमन्त्री ओली हिमालय एयरलाइन्सबाट चीन जाने बताइएको छ।  

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg