आईतवार, १४ भाद्र, २०८३

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

रााष्ट्रिय सन्‍देश डेक्‍स, ५ घण्टा पहिले

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

२०८३ भदौ १४ काठमाडौँ । रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन भएर सञ्चालन हुने प्रमुख राजमार्ग पूर्ण रूपमा बन्द गरिएका छन् ।

बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्मका लागि सवारी साधन आवतजावतमा रोक लगाएको हो ।

प्रहरीका अनुसार नारायणगढबाट पोखरा, मुग्लिन हुँदै काठमाडौँतर्फ जाने र आउने सबै किसिमका सवारी साधनको आवागमन पूर्ण रूपमा ठप्प पारिएको प्रहरीले जनाएको छ ।

नदीमा बाढीको ठूलो आवाज सुनिएको भन्दै जिल्ला प्रहरी कार्यालय रसुवाले पूर्वसूचना जारी गरेपछि बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

advertisement_1676551646.gif