सोमबार, १ मंसिर, २०८३

सभापति लामिछानेद्वारा मुजेलियाको छठघाटमा पूजा आराधना

राष्ट्रिय सन्‍देश संबाददाता, १० घण्टा पहिले

सभापति लामिछानेद्वारा मुजेलियाको छठघाटमा पूजा आराधना

२०८३ कार्तिक २९ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनकपुरधाम उपमहानगरपालिका-१४ मुजेलियास्थित छठघाटमा पुगेर पूजा आराधना गरेका छन् ।

रास्वपा सभापति लामिछाने यसअघि जनकपुरधामस्थित गंगासागर पोखरीको छठघाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गरेपछि अहिले मुजेलियास्थित छठघाट पुगेका हुन् । 

जनकपुरधामका तालतलैया घाटहरु सजावटसहित आकर्षक रहेको, व्रतालुहरू पूजाआजामा रमाइरहेको तथा छठ पर्वलाई लक्षित गरी धनुषा जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।

advertisement_1676553851.gif