आईतवार, १३ बैशाख, २०८३

१२ दिनमा ४२२ विपद्का घटना, २३ जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, १० घण्टा पहिले

१२ दिनमा ४२२ विपद्का घटना, २३ जनाको मृत्यु

२०८३ बैशाख १३, काठमाडौं । वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि १२ गतेसम्म देशभर भएका विपद्मा परेर २३ जनाको मृत्यु भएको छ । विपद्‌मा परेर ७३ घाइते भएका छन् ।

प्राधिकरणका अनुसार सो अवधिमा आगलागीमा २१७, चट्याङ १४, हुरीबतासका २९ र लेक लागेर तीन घटना भएका छन् ।

त्यस्तै, डुङ्गा पल्टेर एक, डढेलो ११४, सर्पदंश २०, जनावर आक्रमण १६, पहिरो, भारी वर्षा, बाढी र असिनाका समान दुई–दुई वटा घटना घटेका छन् । विपद्‌मा परेर सो अवधिमा मात्रै ५२७ घटना घटेका छन् ।

यस्तै, यही वैशाख ११ गते बिहानदेखि वैशाख १२ गते बिहानसम्म २४ घण्टामा मात्रै ३२ वटा विपद्का घटना भएका छन् । कुल २७ जिल्ला विपद्का कारण प्रभावित भएका छन् ।

advertisement_1676551537.gif