शुक्रबार, १६ आश्विन, २०८३

भोटेकोशी विपद् सम्बन्धी संसदीय विशेष समितिको कार्यविधि पारित

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

भोटेकोशी विपद् सम्बन्धी संसदीय विशेष समितिको कार्यविधि पारित

२०८३ असोज १५ काठमाडौँ I हिमालमा जलवायु परिवर्तनको प्रभाव,जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिले आफ्नो कार्यविधि पारित गरेको छ ।

बिहीबार सिंहदरबारमा बेसको समितिको बैठकले सदस्यहरूले राखेको सुझावका आधारमा कार्यविधिलाई परिमार्जनसहित पारित गरिएको समिति सभापति गणेश पराजुलीले जानकारी दिएका छन् ।

त्यस्तै समितिको टिओआरमाथि अर्को बैठकमा छलफल गरेर पारित गरिने उनले बताए । त्यस्तै उनले प्रतिनिधि सभामा रहेका विभिन्न क्षेत्रका विषयगत विज्ञ सांसदहरूलाई आमन्त्रित सदस्यको रूपमा सहभागी गराउन प्रस्ताव गर्दै आ-आफ्नो दलबाट सम्बन्धित विषयका विशेषज्ञ सांसदहरूको नाम प्रस्ताव गरी ल्याउन आग्रह गरेका थिए ।

समितिको अर्को बैठक शुक्रबार ३ बजे बग्ने तय भएको छ ।

advertisement_1676551537.gif