शनिबार, २७ असार, २०८३

बझाङमा जिप दुर्घटनाः ३ जनाको मृत्यु, १२ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

बझाङमा जिप दुर्घटनाः ३ जनाको मृत्यु, १२ जना घाइते

२०८३ असार २७, बझाङ । बझाङको केदारस्यु गाउँपालिका ७ सुगरेस्थित दुर्गाथली गाउँपालिका र केदारस्यु गाउँपालिकाको सीमाक्षेत्रको भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

दुर्घटनामा दुर्गाथली गाउँपालिका ६ का चक्रबहादुर महत, केदारस्यु गाउँपालिका ७ की बिमला महत धामी र दुर्गाथली गाउँपालिका ६ की कुटुरीदेवी महतको मृत्यु भएको छ ।

गम्भीर घाइते हुनेहरूमा दुर्गाथली गाउँपालिका ६ का पूर्व वडा सदस्य रामबहादुर महत, हासुलीदेवी महत, झल्कादेवी महत, हर्कादेवी महत, जौमतीदेवी महत, शिक्षक रामबहादुर महत, शिक्षक देवबहादुर जाग्री तथा केदारस्यु गाउँपालिका ७ का जिप चालक देवबहादुर धामी रहेका छन् ।

यस्तै, दुर्गाथली गाउँपालिका ६ का धनेसेर जाग्री, रमेश धामी, नवराज धामी र बिरु जाग्री सामान्य घाइते भएका छन् ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिई घाइतेहरूको उद्धार गरी उपचारको लागि अस्पताल पठाई रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

advertisement_1676553908.gif