राष्ट्रिय सन्देश संबाददाता, ७ घण्टा पहिले
२०८२ फागुन २९, काठमाडौं ।सरकारले इरानी नागरिकहरूलाई दिँदै आएको 'अनअराइभल भिसा' (आगमन प्रवेशज्ञा) तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै गृहमन्त्रीस्तरीय निर्णयमार्फत उक्त व्यवस्थामा रोक लगाएको हो।यो निर्णयसँगै अब साधारण राहदानी भएका इरानी नागरिकहरूले नेपाल भ्रमणमा आउनुअघि सम्बन्धित देशमा रहेको नेपाली दूतावास वा नियोगबाट अनिवार्य रूपमा भिसा लिनुपर्नेछ ।
निर्णयको मुख्य कारणहरू मध्यपूर्वको तनाव अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वी क्षेत्रमा युद्धको परिस्थिति सिर्जना हुनु।सुरक्षा जोखिम इरानमा तनाव बढ्दै जाँदा नेपाल आउने इरानी नागरिकहरूको संख्या अस्वाभाविक रूपमा वृद्धि भएपछि गृहले सुरक्षा चुनौतीको विश्लेषण गर्दै यो कदम चालेको हो ।
कठिन परिस्थिति इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको मृत्यु र निरन्तरको हवाई आक्रमणका कारण त्यहाँबाट पलायन हुने क्रम बढेको देखिएको छ ।
कुन राहदानी वाहकलाई के हुने?
राहदानीको प्रकारनयाँ व्यवस्थासाधारण राहदानीअनअराइभल भिसा बन्द (दूतावास जानुपर्ने)कूटनीतिक राहदानीयथावत (कुनै रोकतोक नहुने)अफिसियल राहदानीयथावत (कुनै रोकतोक नहुने)परराष्ट्र मन्त्रालय स्रोतका अनुसार कूटनीतिक र अफिसियल राहदानी वाहकका हकमा भने पुरानै व्यवस्था कायम रहनेछ । पछिल्लो स्थितिहाल इरान र अमेरिका–इजरायलबीचको द्वन्द्व चर्किएको छ ।
अमेरिकी आक्रमणमा परी इरानमा हालसम्म १३ सय ४८ जनाको ज्यान गइसकेको तथ्याङ्क छ। जसमा उच्च पदस्थ अधिकारीदेखि सर्वसाधारणसम्म रहेका छन् । इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार शिविर (बेसक्याम्प) हरूमा प्रत्याक्रमण जारी राखेकाले स्थिति थप जटिल बन्दै गएको छ ।