मंगलवार, ५ श्रावण, २०८३

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा डा. परियार

राष्ट्रिय सन्‍देश संबाददाता, १५ घण्टा पहिले

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा डा. परियार

२०८३ साउन ०४, काठमाडौँ । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त भएका छन् ।

अस्पतालमा रिक्त कार्यकारी निर्देशकमा नियुक्तिका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार ५ गते सूचना प्रकाशित गरेको थियो । मन्त्रालयले अस्पतालमा रिक्त कार्यकारी निर्देशक पदका लागि असार ५ गते दरखास्त आवह्न गरेको थियो । 

उक्त सूचनाबमोजिम आवेदन दिनेमध्येबाट सिफारिस समितिको साउन ३ गतेको मूल्यांकन सिफारिस एवं अस्पताल विकास समितिको साउन ४ गतेको निर्णय बमोजिम उनलाई नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

“सिफारिस समितिले सिफारिस गरेको योग्यताक्रमको पहिलो नम्बरमा रहेका प्रा. डा. जितेन्द्र परियारलाई उक्त अस्पतालको कार्यकारी निर्देशक पदमा नियुक्ति गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” मन्त्रालयले सूचनामा भनेको छ ।

advertisement_1676998982.gif