आईतवार, १६ कार्तिक, २०८३

सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो

२०८३ कार्तिक १५ काठमाडौँ । नेपाली बजारमा आइतबार (कात्तिक १५ गते) सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घटेको छ ।

मूल्यमा गिरावट आएसँगै आइतबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ । यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार चाँदीको मूल्यमा पनि तोलामा १७५ रुपैयाँले कमी आएको छ । महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ८२५ रुपैयाँ रहेको थियो ।

advertisement_1676551694.gif