राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८३ साउन २७, काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको अभियोग लागेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको संयुक्त इजलासले उनीहरूको बयान तथा थुनछेक बहसपछि बुधबार यस्तो आदेश जारी गरेको हो । यसअघि नै सम्पत्ति शुद्धीकरणको अर्को मुद्दामा थुनामा रहेका उनीहरूलाई आज दोस्रो मुद्दाका सम्बन्धमा अदालतमा उपस्थित गराइएको थियो ।
पूर्वअर्थमन्त्री विष्णु पौडेलसमेत प्रतिवादी बनाइएको यस सम्पत्ति शुद्धीकरणको दोस्रो मुद्दामा अदालतले पौडेललाई भने साधारण तारेखमा छाड्न आदेश दिएको छ भने भट्ट र अग्रवाललाई भने थुनामा पठाउने निर्णय गरेको हो ।