बिहीबार, १४ जेष्ठ, २०८३

विदेशमा रहेका नेपाली स्वदेश फर्कन तयारी हुनुहोस् : सभामुख अर्याल

राष्ट्रिय सन्‍देश संबाददाता, २८ मिनेट पहिले

विदेशमा रहेका नेपाली स्वदेश फर्कन तयारी हुनुहोस् : सभामुख अर्याल

२०८३ जेष्ठ १४, धादिङ । सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहनुभएका नेपालीलाई स्वदेश फर्कने आग्रह गरेका छन् ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित एक महिने पुरुषोत्तम महोत्सव अवलोकनमा पुग्नुभएका सभामुख अर्यालले उक्त धारण राखेका हुन् ।

पुरुषोत्तम महोत्सव स्थलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले देशको संविधान र कानुनको पूर्ण पालना गर्न सरकार कटिबद्ध रहेको धारण राखे ।

advertisement_1676553908.gif