राष्ट्रिय सन्देश संबाददाता, ४ घण्टा पहिले
२०८३ कार्तिक १८ बझाङ । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बझाङको केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका गोपाल धामी र पवित्रा धामी रहेका छन् । उनीहरू दुवै जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय दलबहादुर धामीलाई उद्धृत गर्दै बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले जानकारी दिए ।
दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी र दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री तथा ४२ वर्षीय रामकुमार धामी घाइते भएका छन् ।
प्रहरीका अनुसार चालक बुगल नगरपालिका–२ का करिब ३१ वर्षीय मोहन धामीले चलाएको उक्त जिप भित्री सडकखण्डमा ब्रेक फेल भएपछि सडकबाट करिब १०० मिटर तल खसेको थियो ।
घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।