बिहीबार, ११ भाद्र, २०८३

रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु

२०८३ भदौ ११ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बिहीवार बिहानदेखि बैठक जारी रहेको हो ।

बैठकमा पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति गगनकुमार थापा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको छ ।

बुधवार बिहान रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि सोही सन्दर्भमा छलफल गर्न यो बैठक डाकिएको हो । बाढीमा परी हालसम्म १ सय ६५ जनाको शव फेला परेको छ भने ८ सयभन्दा बढी नागरिक अझै बेपत्ता छन् ।

बेपत्ताहरूको खोजी कार्य जारी रहेकै अवस्थामा राजनीतिक दलहरूबीच साझा धारणा बनाउन र उद्धार तथा राहतलाई प्रभावकारी बनाउन नेताहरू छलफलमा जुटेका हुन् ।

advertisement_1676998982.gif