बुधबार, ५ कार्तिक, २०८३

दुई दिनमा सशस्त्रले दियो एक हजार बढीलाई निःशुल्क बस सेवा

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

दुई दिनमा सशस्त्रले दियो एक हजार बढीलाई निःशुल्क बस सेवा

२०८३ कार्तिक ०३ काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले दशैंका लागि लक्षित गरी काठमाडौँ उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवामार्फत दुई दिनमा एक हजारभन्दा बढी यात्रुले सेवा लिएका छन् ।

सशस्त्रका प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले सोमबार ४५० जना र मङ्गलबार ६१३ जना सर्वसाधारणले उक्त सेवा लिएको जानकारी दिए । उनका अनुसार सुरुमा तीन दिनका लागि निःशुल्क सुरु गरिएको उक्त सेवा आवश्यकताका अनुसार थप एक दिन थप गर्न सकिनेछ ।

सशस्त्रले काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणका लागि सोमबारदेखि २ वटा निःशुल्क बस सञ्चालन गरिरहेको छ । यो सेवा बिहान ८ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म सञ्चालन भइरहेको छ ।

दशैंको समयमा सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्ने उद्देश्यले यो सशस्त्र प्रहरी बल, नेपाले यो सेवा सञ्चालन गरेको हो ।

advertisement_1676551694.gif