शुक्रबार, १५ जेष्ठ, २०८३

एआईमा १५ नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप दिने सरकारको घोषणा

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

एआईमा १५ नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप दिने सरकारको घोषणा

२०८३ जेष्ठ १५, काठमाडौं । सरकारले एआईको क्षेत्रमा १५ नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप प्रदान गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय संसदमा आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै एआईको क्षेत्रमा फेलोशिप दिने घोषणा गरेका  हुन्  ।

अर्थमन्त्री वाग्लेले नेपालको अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमताको विकासमा प्रयोग गरी सीपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रुपान्तरणको जग निर्माण गर्ने बताए ।

आगामी आर्थिक वर्ष एआई क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याती बनाइरहेका कमितमा १५ नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोसिप गरी नेपाल फर्केर योगदान गर्न अर्थमन्त्री वाग्लेले आग्रह पनि गरे ।

advertisement_1676553908.gif